Advertisement

banner image

Advertisement

banner image

स्वास्थ्य संस्थाहरूको इजाजत पत्र नवीकरणका लागि मन्त्रालयको सूचना

 स्वास्थ्य संस्थाहरूको इजाजत पत्र नवीकरणका लागि मन्त्रालयको सूचना

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालय


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मंगलबार मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो।

मन्त्रालयको यो कदम कतिपय गैरसरकारी र सामुदायिक संस्थाहरूबाट इजाजत पत्र नवीकरण नगरी सञ्चालन गरिएका उजुरीपछि आएको हो। यसका साथै, केही संस्थाहरू मापदण्डको पालना नगरी चलिरहेको भन्ने उजुरी पनि मन्त्रालयमा प्राप्त भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले मापदण्ड पालना गरेको सुनिश्चित गर्नका लागि अधिकारीहरूलाई निर्देशन दिएका थिए। जनस्वास्थ्य सेवा नियमावलीअनुसार, इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था छ, तर कतिपय संस्थाले नलिएको भन्ने उजुरी प्राप्त भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

मन्त्रालयले भनेका छन्, इजाजत पत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी यदि नियमानुसार नचलेको पाइएमा कारबाही गर्ने प्रक्रिया अपनाइने छ।

स्वास्थ्य संस्थाहरूको इजाजत पत्र नवीकरणका लागि मन्त्रालयको सूचना  स्वास्थ्य संस्थाहरूको इजाजत पत्र नवीकरणका लागि मन्त्रालयको सूचना Reviewed by Nirajan Regmi on January 08, 2025 Rating: 5

No comments:

Travel

[labeltest][column1]
Powered by Blogger.