Trending News

Wednesday, January 8, 2025

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रगत सेवा सुरु

 सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रगत सेवा सुरु

सुदूरपश्चिम

 सुदूरपश्चिम



धनगढी— सुदूरपश्चिम प्रदेशका सबै सरकारी अस्पतालमा आइतबारदेखि निःशुल्क रगत सेवा उपलब्ध गराइएको छ। यस सेवा सुरुआत प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन्। अब प्रदेशभरका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गरी प्रदेशका ९ वटै जिल्लाका सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ।

आइतबार नै प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौं वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार, रेडक्रसले उपलब्ध गराउने निःशुल्क रगतको प्रति पिन्ट १ हजार १५० रुपैयाँ प्रदेश सरकारले भुक्तानी गर्ने छ।

यस सेवा सुरु भएपछि, सुदूरपश्चिम प्रदेशका नागरिकलाई रक्तदानको आवश्यकता परेमा निःशुल्क रगत प्राप्त गर्न सजिलो हुनेछ, जसले गर्दा आपतकालीन अवस्थामा रगतको अभावलाई कम गर्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment